Tuesday, September 22, 2015

झापाका चर्चमा बम राख्ने तीनजना पक्राउ


झापा, असोज ५ । गत भदौ २९ गते झापाका चारओटा चर्चमा बम राखी आतंक फैलाउने समूहका तीन जनालाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दमक, सुरुंगा, गौरादहलगायत क्षेत्रका चर्चहरुमा बम राखेको अभियोगमा कटारी–१ मोरङका राम भण्डारी, विर्तामोड–७ का कृष्ण चुडाल र विर्तामोड–८ का रामचन्द्र बानियाँलाई मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यलय झापाले सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चन्दा रसिद र बमसमेत बरामत गरेको छ । उनीहरु सबै हिन्दु मोर्चा नेपालका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य आरोपित मकवानपुरका माधव भण्डारी, झापा महारानीझोडा–४ का २८ वर्षीय प्रदीप थापा, गौरादहका २९ वर्षीय सुमन कार्की र गौरिगंजका २९ वर्षीय आनन्द गिरी फरार रहेकाले उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

सोहि समूहले राखेको बम निष्कृय पार्नेक्रममा पड्किँदा प्रहरी सहायक निरक्षक देवनाथ यादव, प्रहरी हवल्दार भरतबहादुर कार्की र प्रहरी जवान केदारप्रसाद पौडेल घाइते भएका थिए ।

0 comments:

Post a Comment