Friday, September 18, 2015

सात दशकको सपना पूरा भएको प्रचण्डको भनाई


काठमाडौं, असोज १ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान बनाउने सात दशक लामो सपना पुरा भएको बताउनुभएको छ ।
आइतबार जारी हुने संविधान पारित र प्रमाणीकरण भएसँगै नेपाली नागरिकको सात दशकको सपना पूरा भएको उहाँको भनाई छ । 
संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष सुबास नेम्बाङले संविधान प्रमाणीकरण गरेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले सोचेजस्तो रुपमा संविधान नबने पनि नागरिकका प्रतिनिधिले नागरिकका लागि संविधान बनाएको घटना ऐतिहासिक भएको बताउनुभयो । 
‘यो सबै नेपालीको जित हो । नेपाल राष्ट्रको विजय हो ।’ उहाँले भन्नुभयो ‘यसमा अब असन्तुष्ट पक्षका आवाज समेटेर परिमार्जन र समृद्ध गराउँदै जान सकिन्छ ।’उहाँले मधेस केन्द्रित दलका जायज मागलाई सम्बोधन गर्न सकिने पनि स्पष्ट गर्नुभयो । 

0 comments:

Post a Comment