Thursday, September 17, 2015

संविधान बनेको भन्दै एमालेले लड्डु खुवायो


काठमाडौं–नेकपा एमालेले संविधानसभाबाट नयाँ संविधान पारित भएको अवसरमा आफ्ना सभासदलाई लड्डु खुवाएको छ। अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा आफ्ना सभासदलाई लड्डु खुवाएका हुन्।

ओलीले नेता झलनाथ खनाल र माधव नेपाललाई लड्डु खुवाएपछि अन्य सभासदलाई खुवाएका थिए।   सो कार्यक्रममा  अध्यक्ष केपी अाेलीले संविधानमा अाफ्ना माग पुरा गर्न दबाब दिने दिन सकिएकाे बताए। उनले संविधान जारी गर्ने दिनसम्म फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहमतिमा अाइसक्ने दाबी गरे । साे अवसरमा वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाले नेपालीपनको संविधान पारित गरेको बताए। उनले संविधानसभाबाट बनेका संविधान नेपालको जत्तिको राम्रो अन्य मुलुकमा नबनेको दाबी गरे।

'संविधानसभाले संविधान जारी गरेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ,' खनालले भने,'सामन्तवादको अन्त्य हुँदै नयाँ युगमा प्रवेश गरेको नेपालको संविधानलाई विश्वका अन्य मुलुकले नतमस्तक हुँदै स्वीकार गर्नुका विकल्प छैन।'

0 comments:

Post a Comment