Thursday, September 17, 2015

बिरामीको मृत्यु कहिले हुन्छ ?अब कम्प्युटरले बताइदिनेछ


अब कम्प्युटरले नै मानिसको मृत्यु हुने दिनको भविष्यवाणी गरिदिने भएको छ । अमेरिकामा एउटा यस्तो सुपर कम्प्युटरको विकाश गरिएको छ जसले कुनैपनि मानिसको मृत्युको सम्भावनाका विषयमा भविष्यवाणी गर्न सक्छ । मिडिया रिपोर्टका अनुसार उक्त सुपर कम्प्युटरले गर्ने भविष्यवाणी शतप्रतिशत सही हुने गरेको छ ।
बेलायती संचार माध्यम दी मिररका अनुसार अमेरिकाको बोस्टनस्थित बेथ इसरायल डिकोन्सेन्स मेडिकल सेन्टरमा यो सुपर कम्प्युटर स्थापना गरिएको छ । यो कम्प्युटरमा झण्डै ३० वर्ष लगाएर अढाइ लाख भन्दा बढि मानिसका विभिन्न जानकारीहरु संग्रहित गरिएको छ ।
हस्पिटलका प्रमुख डाक्टर स्टिभ हर्ग भन्छन् : यदि तपाइँ यहाँ आउनुभयो भने हामी तपाइँको विषयका सबै जानकारीहरु हाँसिल गर्छौँ । ती जानकारीहरुको तुलना हामी समान लक्षणवाला अन्य रोगीहरुसँग गर्न सक्छौँ र भविष्यमा तपाइँको उपचार कस्तो हुनेछ यसको विषयमा पनि जानकारी दिनसकिन्छ । यो असाधारण खोजमा पहिलो पटक बिग डाटा सिद्धान्तको प्रयोग गरिएको छ ।

उनका अनुसार यो सुपर कम्प्युटरले हरेक तिन मिनेटमा विरामीका विभिन्न खाले तथ्य तथा जानकारीहरु संकलन गर्दछ, जसमा रगतमा रहेको अक्सिजनको मात्रा देखि रक्तचाप सम्म सामेल हुन्छन् । अस्पताल प्रमुख हर्गका अनुसार यसका कारण डाक्टरहरुमा विरामीहरुको उपचार तथा रेखदेख गर्ने क्षमतामा वृद्धि हुन्छ ।
विरामीको बारेमा संकलन गरिएका तमाम विस्तृत डाटाहरुकै विश्लेषणका आधारमा सुपर कम्प्युटरले उक्त विरामीको मरणको अधिक सम्भावना कहिले हुन्छ भन्ने कुराको घोषणा गरिदिन सक्छ । उनका अनुसार यदि कम्प्युटरले कुनै विरामीको मृत्यु हुने घोषणा गरिदियो भने उक्त विरामीको एक महिनाभित्रमै मृत्यु हुने गरेको अस्पतालका प्रमुख डाक्टर हर्ग बताउँछन् ।

0 comments:

Post a Comment