Friday, September 18, 2015

दुर्घटनामा ६ को मृत्यु, बीसभन्दा बढी घाइते



मन्थली, १ असोज । सदरमुकाम मन्थलीबाट गोठगाउँ गाविस गोठपानीका लागि छुटेको बा४ख ५२४८ नंको बस आज अपराह्न मन्थली नगरपालिका–७ को जुगेपानीमा दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
दुर्घटनाको कारण नखुले पनि बस सडकबाट करिब एक सय मि तल खसेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु र घाइते हुनेको नाम खुल्न बाँकी नै छ । उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शी सोमबहादुर थापा मगरले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको र घाइतेलाई सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिनुभयो । 

0 comments:

Post a Comment