Friday, September 18, 2015

सुरु भयो रेखाको ‘रामप्यारी’


काठमाण्डौ। गएको बर्ष फुलपातीमा प्रदर्शनमा आएको चलचित्र ‘हिम्मतवाली’पछि नायिका रेखा थापाले आफ्नो लगानी र अभिनयमा चलचित्र ‘रामप्यारी’को छायांकन सुरु गरेकी छिन् ।

सबिर श्रेष्ठ निर्देशित चलचित्र रामप्यारीको शुक्रबार ललितपुरको गोदावरीस्थित हरिसीद्धी ईट्टा भट्टाबाट सुटिङ सुरु गरिएको हो । छायांकनको पहिलो दिन नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीले सट दिइरहेका छन् । आभाष र आश्माले सट् दिनु पुर्व चलचित्रकी प्रमुख पात्र तथा निर्मात्री रेखा थापाले मुर्हत सट दिएकी थिइन् ।


चैत २६ गते देखि प्रदर्शनमा ल्याउने तयारीका साथ चलचित्रको छायांकन सुरु गरेकी रेखाले दर्शकको चाहना बमोजिम चलचित्र निर्माण गर्ने बताइन् । उनले भनिन्, ‘दर्शक लाई मन पर्ने चलचित्र बनाउँछु । आजका नारी पनि हरेक पेशामा सशक्त र स्वाभिमान छन् भन्ने ‘राम प्यारी’ ले सन्देश दिन्छ ।’ रेखा फिल्मस्को प्रस्तुतीमा सरस्वती थापा निर्माता रहेको फिल्मको एउटा गीतमा संगीत समेत रेखाले नै दिएकी छन् ।

0 comments:

Post a Comment