Friday, September 18, 2015

यसरी लम्बियो नयाँ प्रधानमन्त्रीको चयन


असोज २
काठमाडौं– असोज ३ गते संविधान जारीभएको एकसाताभित्र अर्थात असोज १० गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउनुपर्ने थियो । तर, देशले असोज तेस्रो सातापछि मात्र प्रधानमन्त्री पाउने अबस्था आएको छ ।

चालु संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदैछन्, जसले सरकार गठनको कोर्सलाई पर धकेल्ने निश्चित भएको छ । मन्त्रीपरिषद्को शुक्रवारको वैठकले भ्रमणलाई अनुमोदन गरिसेको छ । उनी असोज ६ गते न्युयोर्क गएर १७ गते फर्कनेछन् ।

नयाँ संविधानमा संसद अधिवेशन चालु भएको एक साताभित्र प्रधानमन्त्रीको निर्वाचन हुनुपर्ने व्यवस्था छ । तर, अहिलेको अधिवेशन अन्त्य गरि प्रधानमन्त्री कोइराला फर्केपछि नयाँ अधिवेशन डाक्ने तयारी गरिएको छ । भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली, काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड चर्चामा छन् । भावी सत्तासमीकरणवारे दलहरुवीच अनौपचारिक कुराकानी शुरु भएको छ । तर, समीकरण कस्तो हुने भन्ने यकिन भएको छैन् । संविधान जारी लगत्तै भावी सत्तासमीकरणमाथि छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् ।


नयाँ सरकार बन्ने प्रक्रिया यसरी लम्बियो

नयाँ संविधानअनुसार संसद चालु नै रहेको अबस्थामा असोज १० गतेसम्म नयाँ प्रधानमन्त्रीको चुनाव हुनुपर्ने थियो । त्यस्तो अबस्थामा कोइराला न्युयोर्कमै रहेको बेला देशमा नयाँ प्रधानमन्त्री चयन भैसकेको हुने थियो ।
एमालेले प्रधानमन्त्रीको भ्रमणवारे समर्थन गरेको थिएन । तर, कोइरालाको विरोध गर्दा आफ्नो अध्यक्ष केपी ओली नेतृत्वमा भावी सरकार गठन गर्ने योजनामा समस्या हुने देखेपछि एमालेले अन्तिम समयमा आएर कोइरालाको भ्रमणलाई समर्थन गरेको हो ।

शीर्ष नेतासँग प्रधानमन्त्रीले के भनेका थिए ?

देशमा संविधान जारी हुने भएपछि अन्तराष्ट्रिय समुदायलाई यसवारे जानकारी गराउने सवैभन्दा राम्रो थलो राष्ट्रसंघीय महासभा नै थियो । प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग त्यतिन्जेल आफ्ना पद कायम राखिदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री कोइराला राष्ट्रसंघको रोष्ट्रममा उभिएर नेपालको संविधान निर्माणवारे जानकारी दिन चाहन्थे, जसले आफ्नो उचाई बढने उनको बुझाई थियो । कोइरालाले नेताहरुसँग आफु काम चलाउ भएर नजाने समेत बताएका थिए ।
रातोपाटीसँगको अन्तर्वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालाले त्यस्तो आग्रह गरेको बताएका थिए । अब देशले नयाँ प्रधानमन्त्री कहिले पाउँछ ? प्रचण्डसँग राखिएको जिज्ञासामा उनले भनेका थिए, ‘मलाई लाग्छ, संविधानको संक्रमणकालीन व्यवस्थामा संसद् बसेको सात दिनमा प्रधानमन्त्री पाउने भनिएको छ । संसद् कहिले बस्ने भन्ने हिसाब पनि छ । अहिले परिस्थिति के देखिन्छ भने प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको साधारणसभामा जाँदै हुनुहुन्छ । हिजोमात्रै उहाँले आफू कामचलाउ भएर नजाने बताउनुभयो । दलबीचमा उहाँ फर्केर आएपछि नयाँ सरकार बनाउनेबारे सहमति हुन्छ भन्ने मलाई लाग्छ ।’

0 comments:

Post a Comment