Saturday, September 19, 2015

बस र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु


झापा, असोज २ – झापामा बस र पिकअप भ्यान ठोक्किँदा दुई जनाको ज्यान गएको छ । घटनामा सात जना घाइते भएका छन् । बिर्तामोडमा शनिबार दिउँसो को १ ख ३७३३ नम्बरको बस र मे १ ज १४५६ नम्बरको पिकअप भ्यान एकआपसमा ठोक्किँदा पिकअप भ्यानमा रहेका दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा बाराको  कलैया–६ का २७ वर्षका दिपेन्द्र चौरसिया र झापा कनकाई नगरपालिका–५ का ३५ वर्षका गोपाल माझी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सात जनाको बिर्तामोडको अस्पतालमा उपचार भैरहेको छ ।

0 comments:

Post a Comment