धनकुटा, २ असोज । लगातार ३ छोरी जन्माएको र छोरा नजन्माएको भन्दै धनकुटा नगरपालिका ८ चाम्जिबुङमा एक व्यक्तिले बिहीबार राति १५ दिनेकी सुत्केरी श्रीमतीको हत्या गरेका छन् ।पत्नी शान्ति लिम्बू राईको हत्या गरी ३६ वर्षीय रश्तबहादुर राई फरार रहेको प्रहरीले जनाएको छ । मध्यराति नवजात शिशुसँगै सुतिरहेकी पत्नीलाई पति रश्तबहादुरले ओछ्यानबाट कुट्दै घिसार्दै दलानमा ल्याएर दाउरा प्रहार गरेको प्रत्यक्षदर्शी ९ वर्षीया छोरी रितुले बताइन् । ‘बुबाले कुट्न थालेपछि आमा चिच्याउनुभयो,’ उनले भनिन्,‘कुटेर लखेट्दै घरको दलानमा लगी घाँटी थिचेर बाबु भाग्नुभयो ।’ मृतकका बाँया आँखा फुटेको र शरीरभरि गहिरो चोटपटक रहेको प्रहरी कार्यालयका प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment