Thursday, September 17, 2015

भूकम्पले नेपाल जस्तै हालत बनायो फोटोमा हेर्नुहोस् ८.३ रेक्टरको शक्तिशाली भूकम्पले चिलीको बिचल्ली (फोटोफिचर)


काठमाडौँ, ३१ भदौ । चिलीमा बुधबार राति  ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्प सो देशको इतिहासमा नै छैठौं शक्तिशाली भूकम्पमा रुपमा रहेको बताइएको छ । यस शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

उक्त भूकम्प कारण सुनामी चेतावनी दिइएको इलाकाबाट १० लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ । यस भूकम्पबाट ब्युनस एअर्स, अर्जेन्टिनामा पनि भवनहरुमा कम्पन महसुस गरिएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु मध्य चोआपा प्रान्तनजिकै नै रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार सो भूकम्प ८.३ रिक्टर स्केलको मापन गरिएको र यस भूकम्पको सान्टीयागोबाट २२८ किलोमिटर उत्तरमा रहेको इलाका बढी प्रभावित भएको जनाइएको छ ।



गत वर्षको अप्रिल महिनामा उत्तरी चिलीमा आएको ८.२ रिक्टर स्केल शक्तिशाली भूकम्पमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै दश लाख सुरक्षित स्थानमा सारिएको थियो ।

0 comments:

Post a Comment