Friday, September 18, 2015

विलन्दुका भुकम्प पीडितद्वारा नगद राहत अस्वीकार


ओखलढुंगा, असोज १ – प्राविधिक टोलले गरेको मूल्यांकन गलत भएको भन्दै ओखलढुंगाको विलन्दु गाविसका भूकम्प पीडितले राहत रकम अस्वीकार गरेका छन् । प्राविधिक टोलीले घर हेरे पनि सदरमुकाम ओखलढुंगा गएर मुल्यांकन फारम भरेकाले पूर्ण क्षति भएका घर पनि सामान्य र  र आंशिक क्षति भएको लेखिएको भन्दै २०४ घर धुरीले आंशिक क्षतिको राहत अस्वीकार गरेका हुन् ।  गाउँ गएको प्राविधिक टोलीले घर धनीलाई नभेटी एक जनालाई टोल भरीका पीडितको नाममा मूल्यांकन फारममा हस्ताक्षर गराइ लडेका घरलाई सामान्य क्षति लेखिएको भुकम्पपीडित टेकबहादुर मिश्रले गुनासो गर्नुभयो ।

प्राविधिक टोलीले  क्षतिको मूल्यांकन सहि नगर्दा राहत वितरण गर्न समस्या भएको गाविस सचिव मेघबहादुर कार्कीले बताउनुभयो । अहिलेसम्म १ सय ६२ पूर्ण र १ सय १२ आंशिक क्षतिका पीडितले मात्र राहत रकम बुझेका छन् ।  पुरै लडेका घर पूर्ण क्षतिमा नबनाएसम्म राहत नलिने भनेर लिन नमानेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा निवेदन दिइएको कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जिल्लाभरबाट निवेदन आइरहेकाले छानविन गर्न नसकिएको बताउनुभयो ।

0 comments:

Post a Comment