Friday, September 18, 2015

अर्चना पनेरुलाई पक्राउ गर्ने सई डम्मकला कार्कीले भनिन्, ‘छोरी त नाबालिक नै छिन्, मुख्य समस्या उनकी आमा हुन्


काठमाडौँ १ असोज -डम्मकला कार्की, प्रहरी नायब निरीक्षक ,अर्चना पनेरुको विषयलाई लिएर ‘हाम्रा छोराछोरीलाई असर पर्‍यो’ भन्ने बेहोराका उजुरी परेको थियो । त्यही उजुरीका आधारमा हामीले अर्चना र उनकी आमा सुनितालाई पक्राउ गरी सोधपुछ गर्यौं । अर्चना त नाबालिक नै छिन्, । उनको उमेर अरुको लहडमा लाग्ने खालको छ । खासमा समस्या भनेकी आमा हुन् ।

यो काम गलत हो, हाम्रो रीतिरिवाज, संस्कारले यसलाई अनैतिक मान्छ । तपाईंले गलत काम गरिरहनुभएको छ भनेर हामीले धेरै सम्झायौं । यसले समाजमा विच्छृृंखलता ल्याउँछ, थरु थुप्रैका छोराछोरीले गलत बाटो समाउँछन्, समाज र राष्ट्रको बदनामी हुनन्छ त्यसैले यस्तो काम नगर्नुहोस् भन्यौं ।

तर उनी आमाले छोरीलाई पोर्नस्टार बनाएरै छाड्ने सुपरहिट बनाएरै छाड्ने भनिन् । यो मेरो इच्छा हो भन्दै रोइकराई गरिन् । हामीले भन्यौं– यसलाई तपाईको छोरीको भविष्य नै संकटमा पर्छ । के तपाईं आफ्नी छोरीको सुरक्षा गर्न सक्नु हुन्छ ? भन्दा जवाफ उनले पुरानै ढीपी दोहोर्याइन् ।

अनि हाम्रा एक स्टाफले भने, यदि छोरीलाई पोर्नस्टार बनाउन मन छ भने पहिले आफै बन्नुहोस न किन छोरीलाई बनाउन चाहनुहुन्छ ? त्यसको जवाफमा उनले आफू संकिर्ण परिवारमा जन्मिएकोले त्यो रहन पूरा गर्न नपाएको बताइन् । धेरै पछि थुनेर मुद्धा चलाउने भने पछि मात्रै उनले आफ्नो गल्ति स्वीकार गरिन् । अबदेखि यस्तो काम गर्दिन भनेपछि कागज गराएरु छाडिदियौं ।आजको साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment