Saturday, September 19, 2015

सूचना - हतारमा इजरायल जान ‘केयर गिभर’ प्रशिक्षण नलिनुहोला है -




काठमाडौँ ३ असोज । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले इजरायल जान चाहने कामदारलाई केयर गिभरको प्रशिक्षण दिन अनुमति नदिएको प्रष्ट्याएको छ ।

इजरायल जान चाहने कामदारलाई लक्षित गरी केयर गिभर तालिम दिने भन्दै प्रशिक्षण केन्द्रहरुले सूचना प्रवाह गरिरहेका बेला बोर्डले यस्तो जनाएको हो ।

‘इजरायल जान कामदारलाई केयर गिभरको प्रशिक्षण दिने अनुमति कसैलाई दिइएको छैन्,’ बोर्डका कार्यकारी निर्दैशक रघुराज काफ्लेले भने ,‘पत्रपत्रिकामा विज्ञापन छापिएको देखे । इजरायल जान चाहनेले अहिले प्रशिक्षण नलिनुहोला । कसैलाई पैसा पनि नबुझाउनुहोला ।’ उनले केयर गिभरको प्रशिक्षण दिन सबैभन्दा पहिले पाठ्यक्रम बन्नुपर्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Post a Comment