Thursday, September 17, 2015

सर्वांङ्ग भएर ४८ वर्षिया पामेलाको फोटोसुट (हेर्नुहोस )


फ्लन्ट म्यागजिनको कभरमा प्रकाशित पामेला एन्डरसनको तस्बिर देखेर धेरैले जिभ्रो टोके । तस्बिरमा ४८ वर्ष नाघेकी यी अभिनेत्रीले एक धर्सो कपडा लगाएकी छैनन् ।त्यसो त अंग प्रदर्शनका लागि पहिल्यैदेखि कहलिएकी अभिनेत्री हुन् पामेला । तर यो उमेरमा उनले नग्न फोटोसुट गराउलिन् भन्ने ठानिएको थिएन । प्रकाशित तस्बिरमा पामेलाको शरीरमा तीखा हिल भएको एक जोडी जुत्ता बाहेक केही छैन । कपडा शून्य भए पनि चतुरतापूर्वक उनले गोप्य अंगहरु भने लुकाएकी छिन् ।कलात्मक पोज र क्यामरा एंगलिङले गर्दा तस्बिरमा उनी हद सेक्सी देखिएको विश्लेषकहरु बताउछन् । यो तस्बिरलाई उनका १८ र १७ वषिर्य छोराहरु ब्रान्डन र डिलनले कसरी लेलान् भन्ने कौतुहलता अहिले सर्वत्र व्याप्त छ । पामेलालाई यी दुवै छोरा पूर्वपति टम्मी लीबाट प्राप्त भएका हुन् ।

पामेलाको नग्न फोटोसुट गर्ने भाग्यमानी फोटोग्राफर हुन् डेभिड लाच्यापेल । उनले आजसम्म फोटोसुटकै क्रममा पेरिस हिल्टनदेखि किम कार्दसियनसम्मको शरीरका अंग-प्रत्यंगको दर्शन पाइसकेका छन् ।
तस्बिरको विषयमा प्रतिक्रिया दिदै पामेलाले श्रीमान टम्मीसँग हुँदाखेरी आफूलाई खुलेर फोटोसुट गराउन धक लाग्ने गरेको बताएकी छिन् । फ्लन्ट म्यागजिनमै प्रकाशित अन्तरवार्तामा उनले भनेकी छिन्, ‘जब हामी सँगै थियौं, फोटोग्राफरहरुको अगाडी खुल्न सरम लाग्थ्यो । उनी बेलाबेलामा फोटोग्राफरमाथी जाइलाग्थे ।’

0 comments:

Post a Comment