Saturday, September 26, 2015

नेपालगंजमा भयो झड़प ५ प्रहरी घाइते


नेपालगजको जमुनाह नाकामा प्रर्दशनकारी र प्रहरीबीच झडप हुुँदा पाँच प्रहरीसहित दर्जन घाइते भएका छन् । मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सिमा नाकामा भएको झड्प नेपाल प्रहरीका पाँच जना सहित दर्जन आन्दोलनकारी घाईते भएका हुन् । नाका बन्द गर्ने क्रममा प्रहरीले मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि झडप भएको हो । प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई देवीलाल घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कमल बिक, कमल खनाल घाइते  हुनुभएको छ । यस्तै प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता वानियालगायत घाइते हुनुभएको छ । ममताको वाँया खुट्टामा गम्भीर चोट लागेको छ । उहाँको नेपालगञ्ज नर्सिङ होममा उपचार भईरहको बताईएको छ । सिमा नाका जमुनाहामा दुबै तर्फ भारतिय र नेपाल प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ ।

0 comments:

Post a Comment