Friday, September 18, 2015

मलेसियामा रहेका नेपालीलाई एमआरपी छिटो बनाउन अनुरोध


क्वालालम्पुर । मलेसियास्थित नेपाली दुतावासले आउँदो नोभेम्वर २४ तारिख अगाडि मलेसियामा रहेका सबै नेपालीहरुलाई एमआरपी (पासपोर्ट) बनाइसक्न अनुरोध गरेको छ । एमआरपी काठमाडौंमा छपाई हुने र पासपोर्ट नविकरण गर्न कम्तिमा तीन महिना लाग्ने भएकाले छिटोभन्दा छिटो एमआरपी बनाउन आग्रह गरेको हो ।
आउँदो नोभेम्बर २४ तारिखपछि हस्तलिखित पासपोर्ट स्वतः अवैध हुने छ । त्यसपछि हस्तलिखित पासपोर्टबाट अर्काे देशमा यात्रा गर्न नसक्ने, बिदेशमा वस्ने नेपाली नागरिकहरुको बसाई गैरकानुनी भई अध्यागमनजन्य अपराधमा थुना वा जेल बस्नुपर्ने, वैदेशिक रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने, विद्यार्थीहरुले अध्ययन पूरा गर्न नपाउने जस्ता अवस्थाहरु उत्पन्न हुन सक्छन् ।
मलेसियामा रहेको नेपाली दुतावासले सन् २०१३ को मार्चदेखि यो वर्षको जुलाईसम्म ८६ हजार ५ सय ४८ जनाले एमआरपी बनाएको जनाएको छ । करीब पाँच हजार एमआरपी बन्ने प्रकृयामा रहेको र करीव पच्चीस हजार नेपालीले एमआरपी बनाउन बाँकी रहेको हुनसक्ने दुतावासको अनुमान छ ।

0 comments:

Post a Comment