Friday, September 18, 2015

पोखरामा संविधानको विरोधमा सिस्नुपानी र संविधानको शवयात्रा, ४ गते बन्द आव्हान (फोटोफिचर)


असोज २ गते-
नयाँ संविधानमा आफ्ना हक अधिकार नसमेटिएको भन्दै तमु समुदायले पोखरामा सिस्नुपानी र्याली निकालेका छन् ।

तमु लगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित, पहिचानसहित तमुवान प्रदेश घोषणा, धर्म निरपेक्षता कायम, पूर्ण समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितता, बहुभाषिक निति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका माग गर्दै उनीहरुले सिस्नो पानी जुलुस निकालेका हुन् ।

तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्र्तगत तमु लगायत आदिवासी जनजातिलाई अधिकार विहिन संविधान जारी गर्न खोज्नेहरुलाई सिस्नो पानी लगाउने उद्घोष गर्दै संघर्ष समितिले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सिस्नो पानी जुलुस गरी भिमसेनचोकमा कोणसभा गरेको संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।

उनीहरुले आज शनिबार तमुवानको पहिचान विहीन संविधान जारी हुनु अघि नै मृत घोषित गर्दैे शवयात्रासहित अत्येष्टि गर्ने बताएका छन् ।

यस्तै, भोली विभिन्न पार्टीहरुले आयोजना गरेको बन्दमा तमुवान संयुक्त संघर्ष समितिले ऐक्यवद्धता जारी गर्दै बेलुका कालो झण्डासहित बृहत मसाल जुलुस निकाल्ने र असोज ४ गते पश्चगामी संविधान विरुद्ध तमुवान प्रदेश बन्द गर्ने संयोजक गुरुङले बताए ।

0 comments:

Post a Comment