Sunday, September 20, 2015

विराटनगरको प्रदर्शनमा गोली चल्यो, केही घाइते


४ असोज, विराटनगर । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा मोरङ सदरमुकाम विराटनगर तनावग्रस्त भएको छ ।

विराटनगरको महाबीर चोकमा प्रहरीले चलाएको गोली लागेर एक १७ वर्षीया किशोरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले प्रहरीको गोली लागेर एक दर्जन कार्यकर्ता घाइते भएको बताए ।

रोडशेष चोक, जलजला रोड लगायतका क्षेत्रबाट शनि मन्दिर क्षेत्रमा एकत्रित भएर प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा केही तनावको स्थिति सिर्जना भएको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको जानकारी दिएको छ ।

0 comments:

Post a Comment