नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी सङ्घको ठूलो भूमिका रहेको भन्दै उहाँले भन्नुभयो, “विद्यार्थीहरु लोकतन्त्रका लागि लडेकाले यो उपलब्धि हासिल भएको हो ।” बहुमतका साथ पारित भएको संविधानबाट अब देशले विकासको फड्को मार्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेपाली जनताले चुनेर पठाएको संविधानसभाबाट ६५ वर्षदेखिको जनताको सपना पूरा भएको छ भन्नुभयो । र्याली प्रदर्शनीमार्गबाट सुरु भएर कालिकास्थान, कमलपोखरी, कमलादी, भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो ।
0 comments:
Post a Comment