एक सय ४० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जीर्ण भइसकेको र तराईमा सशस्त्र सङ्घर्षरत विभिन्न समूहका दुई दर्जनभन्दा बढी नाइके तथा कार्यकर्ताहरु जलेश्वर कारागारमा रहेकाले अहिलेको मधेसको सङ्कटपूर्ण समयलाई मध्यनजर गर्दै जलेश्वर कारागारमा नेपाली सेना खटाइएको हो । त्यसैगरी सहयोगका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजना नेपाल प्रहरी पनि रहेका छन् । एक सय ३५ जनाको क्षमता रहेको जलेश्वर कारागारमा अहिले ३७३ जना रहेका छन् । जलेश्वर कारागारमा कैदीतर्फ १०१ पुरुष, ११ महिला, त्यस्तै बन्दीतर्फ २३६ पुरुष, २३ महिला र आश्रित दुई बालक र एक बालिका रहेको जेलर ठाकुरले बताउनुभयो ।
0 comments:
Post a Comment