Friday, September 18, 2015

संविधानमा हस्ताक्षर : देउवाले डटपेनै लगे, ओलीले खल्तीबाट निकाले (फोटो फिचरसहित)


१ असोज, काठमाडौं । संविधानसभाका ५३७ सभासदले संविधानमा हस्ताक्षर गर्दा त्यहाँ राखिएको कलमप्रति धेरै नेताहरुको आँखा लाग्यो । कसैले आफ्नै कोटको खल्तीबाट कलम निकालेरे सही गरे भने कसैले कलमै लिएर हिँडे । कसैले चाँहि महंगो कलम भन्दै फोटो खिचे । संविधानमा हस्ताक्षर गर्ने क्रममा शुक्रबार संविधानसभाको ल्होत्से हल केही रोचक दृश्य देखिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै कोटको खल्तीबाट कलम निकालेर हस्ताक्षर गरे । तर, अरु नेताले आफ्नै खल्तीबाट कमल निकाल्न खोज्दा सचिवालयका कर्मचारीले रोकेर सचिवायकै कमल प्रयोग गर्न लगाए ।
ओलीले हस्ताक्षर गर्नुभन्दा अगाडि संविधानसभा सचिवालय कर्मचारीले एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस बरिष्ठ नेता शेरबहाबहादुर देउवालाई आफ्नै कलमले हस्ताक्षर गर्न खोज्दा रोकेका थिए । तर, उनीहरुले ओलीलाई भने रोकेनन्

0 comments:

Post a Comment