Friday, September 18, 2015

भारतीय विदेश सचिवले प्रधानमन्त्री र दाहालसँग भेटेर के भने ?


काठमाडौं, असोज १ । भारतीय विदेश सचिव जयशंकरले शुक्रबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भारतीय विदेश सचिवले संविधान जारी हुन लागेकोमा खुसी व्यक्त गर्दै असन्तुष्ट पक्षहरुलाई पनि मिलाएर लैजान आग्रह गरेको जनाइएको छ ।


त्यसअघि, जयशंकरले शुक्रबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि लाजिम्पाटमा भेटवार्ता गरेका थिए । सो अवसरमा दाहालले असन्तुष्ट पक्षमा मागहरु संशोधनमार्फत् सम्बोधन गर्न सकिने बताएको जनाइएको छ । भारतीय विदेश सचिवले शुक्रबारै दिउँसो राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल गरेका थिए ।

0 comments:

Post a Comment