Thursday, September 17, 2015

सामान्य सर्टपाइन्टमा गल्बन्दी भिरेर डेनमार्कका राजकुमार नेपालको लमजुङमा,


काठमाडौं, १ असोज । डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्‌रिक भूकम्पपीडितलाई भेट्न लमजुङ आएका छन् । चारदिने भ्रमणका क्रममा उनी बिहीबार बेसीशहर आइपुगेका हुन् ।
कालो जुत्ता, सामान्य सर्टपाइन्टमा गल्बन्दी भिरेर बेसीशहरको होटल गेटवे हिमाल रिसोर्टमा गाडीबाट ओर्लिदा पर्खाइमा बसेकाले भेउ पाएनन । उनी नेपाल रेडक्रस सोसाइटीको ल्याण्डक्रुजर जीपबाट साँझ साढे ६ बजे ओर्लिएका थिए ।

उनले भूकम्पपीडितको अवस्था हेरेपछि शनिबार साँझ जिल्लाका प्रशासक एवं सुरक्षा निकायका टोलीलाई भेटघाटका लागि बोलाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

भूकम्पपछिको अवस्था अवलोकन गर्न लमजुङ आएका डेनिस राजकुमारलले जिल्लाको दुर्गम गाउँ पाचोक, ढोडेनी र फेलेनी गाविसका केही गाउँमा पुगेर भूकम्प पछिको अवस्था बुझ्ने र भूकम्पपीडितसँग भेट्ने कार्यक्रम रहेको डिनिस रेडक्रसको नेपालस्थित कार्यालयका कार्यक्रम व्यवस्थापक प्रकाश अर्यालले बताए ।

0 comments:

Post a Comment