Thursday, September 17, 2015

मुख्यालय आक्रमण गर्न गएका ६ जना आतंकवादीको मृत्यु


काठमाडौं, असोज १ । पाकिस्तानको सैनिक मुख्यालय आक्रमण गर्न गएका ६ जना आतंकवादीको मृत्यु भएको छ ।
पेशावरस्थित सैनिक मुख्यालयमा हतियारसहित प्रवेश गर्न खोजेका ८ देखि १० जना आतंकवादी मध्ये सेनाले गरेको कारबाहीमा ६ जनाको मृत्यु भएको हो ।
अन्य आतंकवादी भने भाग्न सफल भएका छन् । सैनिक
मुख्यालय प्रवेश गर्ने क्रममा सुरक्षा गार्डका रुपमा रहेका सेनामाथि आक्रमण गरेका उनीहरुमाथि सेनाले जवाफी कारबाही गरेको हो । घटना लगत्तै सुुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।(एजेन्सी)

0 comments:

Post a Comment