Friday, September 18, 2015

मेरी बास्सैमा देखिन छाडेकी निर्मली ( ठ्यास कुमारी ) अमेरीकामा दर्शकको मन जित्न ब्यस्त


अमेरिका, १ असोज / नेपाल टेलिभिजनबाट प्रत्येक मंगलबार राती प्रसारण हुने लोकप्रीय हास्य टेलिश्रृंखला मेरीबास्सैकी एक पात्रहुन निरु खडका उर्फ निर्मर्ली उपनाम ठयास कुमारी आज भोली मेरीबास्स्ौमा देखिन छाडेकी छिन कारण उनि अमेरीकामा रहेका नेपालीहरुको मन जित्न ब्यस्त रहेकी छिन । निर्मली वा ‘ठ्यास कुमारी’को नामले चर्चित हास्य कलाकार निरु खड्का दुई महिनाभन्दा लामो दसैँ तिहार धमाका कार्यक्रम लिएर अमेरिकामा व्यस्त रहेकी हुन । निरुले आफ्नो एक दशक लामो कला यात्रामा ‘मेरी बास्सै’ जस्तो सफल हास्य टेलिचलचित्र, ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्तो मार्मिक म्युजिक भिडियोमा अभिनय गरी दर्शकको मन जित्न सफल भएकी छिन ।

जितु नेपाल, बद्री पङ्गेनी, शिला आले तथा मनोज ढकालजस्ता कलाकारसँग अमेरिकाको विभिन्न सहरमा हुने २० भन्दा बढी दसैँ तिहार धमाका कार्यक्रममा अपेक्षा गरेभन्दा आफ्नो आकर्षक नृत्य र प्रहसनबाट राम्रो प्रस्तुति गरी दर्शकको मन जित्न सफल भएकी छिन् । उनको प्रस्तुतिमा सम्पूर्ण दर्शक नै सँगसँगै बगिरहेका थिए । आफ्नो प्रस्तुतिको अन्तमा नेपाली राजनीतिको परिदृष्य प्रवासमा आउन नदिउँ, सबै दाजुभाइ, दिदीबहिनी हामी नेपाली भनेर बाँच्न र पहिचान बनाउन सिकौँ भन्दै सन्देश दिएकी छिन् ।

0 comments:

Post a Comment