Friday, September 18, 2015

चालक युवतीसँग जिस्किदाँ बस दुर्घटना, ८ को मृत्यु,



रामेछाप , २ असोज । रामेछापको सालुमा शुक्रबार बस सडकबाट खूदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा गोठगाउँ गाविस–३ की मसिनी भन्ने दीलमाया मगर, वडा नंं ४ का हेमबहादुर थापा, वडा नंं ५ का भीमबहादुर बुढाथोकी, विजुलीकोट–४ का जीतजङ्ग महत, मन्थली नगरपालिका–७ की दीलकुमारी आलेमगर तथा मनकुमारी पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ । घाइते सबैको उद्धार गरी मन्थली ल्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिनुभयो ।

अहिले घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडाँै लानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

सदरमुकाम मन्थलीबाट रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस मन्थली नगरपालिका–७ जुँगेपानीमा सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो ।

प्रहरीका अनुसार मन्थलीबाट बस छुट्ने बेला ३५ जनामात्रै यात्रु रहेको तर बीच बाटोमा अरु थप यात्रु चढेकाले कति यात्रु भएको भन्ने यकिन छैन । तर स्थानीयले भने उक्त बसमा करिब ७० यात्रुहरू रहेको र ५० भन्दा बढी घाइते भएको जनाएका छन् । रासस

मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको बस सडकबाट झन्डै सय मिटर तल खसेको हो । घाइते यात्रुका अनुसार चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएकाले दुर्घटना भएको हो ।

0 comments:

Post a Comment