Saturday, September 19, 2015

पोखराबाट २४ जना बन्दकर्ता पक्राउ


पोखरा, ३ असोज-
प्रहरीले बन्द गराउँदै हिँड्ने २४ जना नेत्र विक्रम चन्द विप्लव माओवादीका कार्यकर्तालाई पोखरा र लेखनाथबाट पक्राउ गरेको छ । लेखनाथको पावरहाउस नजिकैबाट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङ्ग सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, पोखराको अमरसिंहचोकमा पनि बन्द गराउँदै हिँड्ने ७ जनालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । महेन्द्रपुलबाट चाहिँ १२ जना पक्राउ परेका छन् । आज विप्लव माओवादीले नयाँ जारी हुने संविधानको विरोध गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव पोखरामा समेत परेको छ । विप्लव माओवादीको बन्दलाई तमुवान संयुक्त संघर्ष समितिले पनि समर्थन गरेको छ ।


0 comments:

Post a Comment