Thursday, September 17, 2015

आज विज्ञान दिवस


काठमाडौं, असोज १ -  राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधि भन्ने नारा सहित आज राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरिएको छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने उदेश्यले २०७० सालदेखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज अमृत क्याम्पस लैनचौर लगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ ।


0 comments:

Post a Comment