Saturday, September 19, 2015

संविधान जारी हुने दिन बन्द गराउँदै हिँड्ने विप्लव माओवादीका ५ जना कार्यकर्ता


असोज ३ गते- कास्कीको लेखनाथमा बन्द गराउँदै हिँडेको अवस्थामा नेक्र विक्रम चन्द विप्लव माओवादीका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले लेखनाथको पावरहाउस नजिकैबाट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङ्ग सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई डाँडाकोनाक प्रहरीले नियन्त्रणमा राखेको जानकारी दिएको छ । आज विप्लव माओवादीले नयाँ जारी हुने संविधानको विरोध गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव पोखरामा समेत परेको छ । पोखरामा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने बजार र पसल पनि बन्द छन् । – तस्विरः फाइल

0 comments:

Post a Comment