Friday, September 18, 2015

फर्किनुअघि भारतीय विशेष दूतले विमानस्थलमा के भने ?


काठमाडौं: भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत एस जयशंकर नेपालको नयाँ संविधानलाई भारतको सधै दरो समर्थन रहेको सन्देश दिएर शनिबार बिहान स्वदेश फर्किएका छन्।

२४ घन्टे नेपाल बसाई सकेर स्वदेश फर्किनुअघि उनले नयाँ संविधानको घोषणा खुसीयाली र सन्तुष्टीका साथ टुंगियोस् भनेका छन् ।

नेपालमा रहँदा उच्च स्तरीय भेटघाट गरेका जयशंकरले अधिकतम लचकताका साथ परिपक्‍व ढंगले संविधान जारी गर्न सुझाव दिएका छन्।   यसअघि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा दिने दौडाहामा भारतीय चासोका साथ एक  नेपाल आएका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्‍मेलनमा उनले दिएको संक्षिप्त वक्तव्‍य यस्तो छ:

विगत दुई दिनदेखि भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा नेपाल भ्रमणमा थिए।

यहाँ रहँदा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र ओली, प्रचण्ड, देउवा लगायत थुप्रै मधेसी नेताहरुसँग भेटेँ,

भारतले सधै नेपालको संविधान निर्माणलाई दरो सर्थन गर्दै आएको छ।

संविधान जारी गर्ने अवसर खुसीयाली र सन्तुष्टिका साथ पूर्ण रुपमा टुंगियोस् तर हिचकिचाहट र हिंसाबाट होइन।

नेपालको राजनीतिक दलले अधिकतम चलकताका साथ अहिलको जटिल समयमा परिपक्‍वताका साथ र दीगो संविधान निर्माण जारी गर्न सफल हुनेछन् भन्‍ने आशा भारतले लिएको छ।

0 comments:

Post a Comment