Thursday, September 17, 2015

धमाधम पक्राउ पर्दै हतियारधारी


लहान–भारतीय सिमाबाट हतियारसहितका व्यतिm नेपाल छिर्ने सुकारीको आधारमा सुरक्षाकर्मीले बढाएको निगरानका क्रममा तीन दिन भित्र सिरहाको दुई सिमा नाकाबाट हतियार र विष्फोटक सहित दुईजना पक्राउ परेका छन्।
बुधवार राति माड्र नाकाबाट हतियारसहित इटारी पर्साही–४ का लेखनाथ यादव(२८) पक्राउ परेका छन्।  'हामीले सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएका छौैं', सिरहा सशस्त्र प्रहरी प्रमुख एसपी महेश श्रेष्ठले भने,'मोटरसाईकलमा सवार यादवको शरीर तलासीका क्रममा ढाडमा बेरेको पेस्तोल बरामद भयो।' मेड इन इटाली लेखिएको नाइन एमएमको स्वचालित हतियार र सोमा प्रयोग हुने सात राउण्ड गोलीसहित उनलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए।


यादवले चलाएको स२प २५२६ नम्बरको पल्सर मोटरसाईकलसहित उनलाई अवश्यक कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रामकृपाल साहका अनुसार बिहीबारै यादवलाई हातहतियार तथा खरखजानाको महल अन्तर्गत म्याद लिएर थप अनुसन्धान सुरु गरिएको छ। यादव यस अगाडि ०७० जेठ २८ गते पनि मिर्चैयाबाट हतियारसहित पक्राउ परेको तथ्यांक उद्धृत गर्दै एसपी साहले भने,'यादव पेशेवर अपराधी हुन ।' इलाका प्रहरी कार्यालय मिर्चैयाका तत्कानि प्रहरी निरीक्षक नरेशराज सुवेदीले यादवलाई पक्राउ गरेको भोलीपल्ट ०७० जेठ २९ गते हात हतियार तथा खरखजानाको महल अन्तर्गत मुद्दा चलाएको थियो ।

सो मुद्दामा उनी एक वर्ष पुर्वपक्षका लागि सिरहा कारागारमा जेल जीवन बिताएको प्रहरी रेकर्ड छ । जिल्ला प्रसाशनको निर्णय अनुसार पाँच महिना अगाडि छुटेका यादव पुनः हतियार सहित पक्राउ खाएको एसपी साहले बताए।

भदौ २९ गत्ते विहान सिमावर्ती इनर्वा गाविसबाट चेकजाँचकै क्रममा एक थान कुवा पेस्तोल, ४ राउण्ड गोली र ५०० ग्राम विष्फोटक पदार्थ सहित धनुषा गौरीप्रवाहाका दामोदर पासवान(२६) र ढल्केवरका नुरमोहम्मद अन्सारी(५०) पक्राउ परेका थिए। दुबैलाई इलाका प्रहरी कार्याल लहानले हतियार तथा खरखजाना अन्तर्गत कारबाही चलाएको छ।

'सिमावर्ती नाकाहरुमा अहिले हामी व्यतिmको शरीर खान तलासी लिन सुरु गरेका छाैं,' सशस्त्रका एसपी श्रेष्ठले भने,'तलासीकै क्रममा दुईजना हतियारसहित पक्राउ परेपछि चुनौती थपेको छ।' यो क्रमलाई अझ कडा र व्यापक बनाउने श्रेष्ठले बताए ।

0 comments:

Post a Comment