Thursday, September 17, 2015

विश्वकर्मा पूजा मुलुकभर मनाइदै,



काठमाडौँ, १ असोज । दैवी वास्तुविद् विश्वकर्मा पूजा शुक्रबार मनाइँदै छ । नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति अर्थात असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै आएको छ । समुद्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।

नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले मङ्गलबार काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । बडादसैँको नवमीमा पनि उनको पूजा गरिन्छ ।
नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि मनाइन्छ । नेपालमा असोज सङ्क्रान्तिदेखि नै शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।


0 comments:

Post a Comment