Saturday, September 19, 2015

उपत्यकामा भेटिएका शंकास्पद वस्तु बम होइन - डिआइजी कमलसिंह बम


नेपाल प्रहरीले काठमाडौं र ललितपुरमा भेटिएको वस्तु बम नभएको प्रष्ट पारेको छ । ललितपुरको महालक्ष्मीस्थान, पूल्चोक र रविभवनमा भेटिएको  बस्तु बम नभई मानिसहरु तर्साउन राखेको कागजी पर्चा भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कमलसिंह बमले ती बस्तु बम नभएको प्रष्ट पारे ।

'बिहान भेटिएका शंकास्पद बस्तुमा  विस्फोटक पदार्थ केही थिएन' उनले भने 'त्यो डिस्पोज गर्दा आएको आवाज हो ।'

उनका अनुसार शंस्कास्पद बस्तु डिस्पोज गर्दा पनि ठूलै आवाज आउँछ । यसैबीच बन्दका क्रममा प्रहरीले काठमाडौं उपत्यकामा ३२ र उपत्यका बाहिर ३६ जना पक्राउ गरेको उनले बताए ।

0 comments:

Post a Comment