Sunday, September 20, 2015

राष्ट्रपतिले घोषणा गरे जनताको संविधान, आजैदेखि लागू भयो


४ असोज २०७२
काठमाडौं : राष्ट्रपति डा. रामबरण यादवले नेपालको संविधान जारी गरेका छन्। आइतबार साँझ संविधानसभामा भएको विशेष समारोहमा राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गरेको संविधानलाई औपचारिक रुपमा जारी गरेका हुन्।

राष्ट्रपतिले जारी गर्नासाथ यो संविधान प्रारम्भ भएको छ। संविधानसभाले संविधान जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएको छ। 

राष्ट्रपति डा. यादवले संविधान घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए। 'नेपाली जनतामा नीहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता हुन् भन्ने स्थापित भएको छ', राष्ट्रपतिले संविधानसभालाई सम्बोधन गर्दै भने, 'संघीयता र गणतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्था तथा समावेशी प्रतिनिधित्व कार्यान्वयन फराकिलो हुँदै जाउन्।'

संविधानले दोगो शान्ति र राजनीतिक स्थिरता कायम गर्न सकोस् भनी राष्ट्रपतिले कामना गरे। संविधान गतिशील दस्ताबेज भएको भन्दै राष्ट्रपतिले सामाजिक न्याय र सम्बृद्धिका लागि निरन्तर क्रियाशील रहन आग्रह गरे। 

0 comments:

Post a Comment