Sunday, September 20, 2015

बन्द गराउँदै हिँडेका २० जना पक्राउ


कास्की, असोज ४ – संविधानको विरोधमा बन्द गराउँदै हिँड्ने २० जना तमुवानका कार्यकर्तालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । जातीय पहिचानसहितको संविधान घोषणा नगरिएको भन्दै तमुवान संयुक्त संघर्ष समितिले तमुवान बन्दको आह्वान गरेको थियो । 
बिहानै ठूलो संख्यामा बन्दकर्ता पक्राउ परेपछि सडकमा बन्दकर्ता देखिन छाडेका छन् । पोखरामा मोटरसाइकल निर्वाध रुपमा गुडिरहेका छन् । स्थानीय प्रशासनले बन्दकर्ता देख्ने बित्तिकै पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । तर पोखराको बजार भने बन्द छ । मोटरसाइकल चलेपनि  सार्वजनिक गाडी चल्न सकेका छैनन् । 

फ़ाइल फ़ोटो

0 comments:

Post a Comment