Sunday, September 20, 2015

आइतबार विहान मात्रै उपत्यकामा तीन स्थानमा बम फेला


काठमाडौँ, असोज ३ । संविधान जारी हुन केही घण्टा मात्र बाँकी रहेका बेला काठमाडौँ उपत्यकामा विभिन्न शक्तिकेन्द्रहरुले बम मार्फत सरकारलाई चुनौती दिइरहेका छन् । आइतबार बिहानै ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवीभवनमा बम भेटिएसँगै एक ठाउँमा नेकपा माओवादीको पर्चा भेटीएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको छ । प्रहरीका हनुसार अन्य दुई स्थानका बम पेट्रोलिङ बम हुन् । बम फेला परेपछि आइतबार राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

नयाँ संविधान घोषणा हुने दिन नै पारेर कतिपय दलले बन्दको आह्वान गरे पनि काठमाडौँ उपत्यकाको जनजीवन भने सामान्य नै छ । आइतबार संविधान घोषणाको विरोध गर्दै वैद्य र विप्लव नेतृत्वका दुई माओवादीले बन्दको आव्हान गरेका हुन् । तर अहिलेसम्म बन्दको कुनै प्रभाव परेको छैन ।

0 comments:

Post a Comment