Tuesday, September 22, 2015

बन्दका विरुद्ध इलाम र बर्दियामा प्रदर्शन


बर्दिया, असोज ५ ।  लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको विरोधमा इलाममा प्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक दल तथा व्यवसायीहरुले बन्द विरुद्ध नाराबाजी गरेका हुन ।
यसैबीच ४३ दिनदेखि बन्द भएपछि बर्दियाका यातायात व्यवसायीले बन्दको अवज्ञा गरेका छन् । लामो समयदेखिको बन्दको कारण यातायात क्षेत्र मारमा परेको भन्दै व्यवसायीहरुले बन्दको अवज्ञा गरेका हुन् ।
बर्दियामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट/थारुवान संघर्ष समितिले बन्द गर्दै आएको थियो । यसअघि बर्दियामा सर्वसाधारणले बन्दको अवज्ञा गरी बजार, शैक्षिकसंस्था र कलकारखाना खुलाइसकेका छन् ।

0 comments:

Post a Comment