Tuesday, August 4, 2015

छापावाल र तेजावी सुन भनेको के हो ?


पालमा छापावाल सुनको तुलनामा तेजावी सुनको मूल्य सस्तो हुन्छ। यी दुई सुनको शुद्धतामा समेत फरक हुने गरेको छ, जसको कारण यसको मूल्यमा समेत फरक हुन्छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार नेपालमा छापावाल सुन र तेजावी सुनको प्रचलन रहेको भएपनि अन्य मुलुकमा भने छापावाल सुनको मात्रै प्रचलन रहेको छ।

अन्तर्राष्ट्रिय सुन उत्पादन कम्पनीबाट नेपालमा भित्रिएको ९९ दशमलव ५ प्रतिशत शुद्धता रहेको सुनलाई नेपालमा छापावाल सुन भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार भने ९९ दशमलव ९ प्रतिशत शुद्धता रहेको सुनलाई छापावाल सुन भन्ने गरिन्छ । साथै यसलाई २४ क्यारेटको सुन  अथवा' नम्बरी सुन'  समेत भन्ने गरिएको छ।


तेजावी सुन भने नेपालमा अन्य मु्लुकबाट आयात गर्ने गरिदैन । अध्यक्ष शाक्यका अनुसार छापावाल सुनको गहनालाई नेपालमै प्रशोधन गरेर बनाइएको सुनलाई तेजावी सुन भन्ने गरिएको छ। अन्य  सुन उत्पादन गर्ने मुलुकमा भने यस्ता छापावाल सुनका गहनालाई संकलन गरेर कम्पनीमानै प्रशोधन गरेर छापावाल सुन नै निकाल्ने गरिएको छ।

तर नेपालमा भने प्रविधिको अभावमा छापावाल सुनको गहना प्रशोधन गरेर छापावाल सुन उत्पादन गर्न नसकिएको शाक्यले बताए । तेजावी सुनको शुद्धता ९९ प्रतिशत मात्रै हुन्छ। तर छापावाल सुनको शुद्धता भने ९९ दशमलव पाँच प्रतिशत हुने  गरेको  छ।

अन्र्तराष्ट्रिय मुलुकमा  गहना किनेपछि फेरि बेच्ने खासै प्रचलन नभएपनि नेपालमा भने यो व्यापक रहेको छ। तेजावी सुन कम्पनीबाट उत्पादन गरेको नहुने हुदाँ यसमा कम्पनीको छाप नहुने शाक्यको भनाई छ।
शाक्यका अनुसार नेपालमा वर्षमा ६० प्रतिशत गहना २४ क्यारेटको सुनको विक्रि हुने  गरेको छ।  विदेशमा भने छापावाल सुनको  गहना बनाउने प्रचलन खासै हुदैन। छापावाल सुनको गहनाको राम्रो डिजाइन नहुने र गहना निर्माण गर्दा तौल समेत बढी लाग्ने शाक्यले जानकारी दिए ।

एसियन मुलुकमा पनि विशेषगरी नेपाल चीन र भारतमा छापावाल सुनको गहना लगाउने प्रचलन रहेको उनको भनाई  छ। अहिले पनि नेपालमा ४० प्रतिशत बजार भने २२ क्यारेट र १८ क्यारेटेको छ। तेजावी सुनलाई पनि नेपालमा २४ क्यारेटकै भन्ने गरिएको छ। २४ क्यारेटको सुनको तुलनामा १८ र २२ क्यारेटको सुनको गहना आकर्षक डिजाइनमा निर्माण गर्न सकिने उनको भनाई छ।  

0 comments:

Post a Comment