Tuesday, August 4, 2015

‘आइ लभ यू’ भन्न नसक्दा विवाह रोकियो: राजेशपायल राई(भिडियो हेर्नुहोस)



काठमाडौं, श्रावण २० । ‘फैलियो माया दुबो सरी’ हुँदै  ‘दर्शन नमस्ते’ लगायतका सयौं गीत गाएका राजेशपायल राई धेरै संगीतप्रेमीको रुचाइएका गायक हुन ।
१४ बर्षको कलिलो उमेरमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर नेपाली सांगीतिक दुनियाँमा उदाएका राजेशको धेरैजसो सांगीतिक कार्यक्रम विदेशमा मात्र केन्द्रित छन् ।
प्रवासमा रहेका नेपालीहरुको रोजाइमा राजेशको नाम अग्रपंक्तिमा आउछ । हुन पनि उनले आफैं स्विकारेका छन: ‘ २१ पटक गृह जिल्ला पुगेको छैन होला तर २१ पटक त हङकङ मात्रै पुगिसकें ।’
इमेज च्यानलबाट प्रशारण हुने ‘इ–सेलेप्स’ कार्यक्रममा अन्तरबार्ताका क्रममा उनले आफ्नो यति धेरै चर्चा हुंदा आफैं चकित परेको बताएका छन् । उनले भनेः‘मलाई रेडियो नेपाल स्टुडियोमा छिरेर गीत गाउने रहर चाहीं थियो ।’
अन्तरबार्ताको क्रममा उनले चुरोट र रक्सी खाएर स्टेजमा उत्रिनु नहुने रहेछ भन्ने यतिबेला चेतना आएको पनि बताए । विगत उनलाई गम्भिर रो थियो तर ‘स्टार’ नै बन्छु भन्ने लागेको थिएन ।’ गले गाँजेको भए पनि औषधीले एकाएक निको भएकोमा खुशी व्यक्त गरे ।
नयाँ पुस्ताका गायकहरुलाई राजेशपायल जस्तो बन्ने सपना नदेख्न सुझाएका छन । उनले आफ्नै पहिचान स्थापित गर्न समेत आग्रह गरे ।
राजेशपायलले कसैलाई ‘आइ लभ यू’ भन्न नसक्दा विवाह हुन नसकेको स्विकारेका छन् । भगवानले मिति तोकिदिएपछि उनले चाँडै मागी विवाहको योजना रहेको सुनाए ।
हेर्नुस भिडियो
स्रोत -इमेजखबर
https://youtu.be/0wHsMAZnG-k

0 comments:

Post a Comment