Sunday, August 30, 2015

सप्तरीमा आन्दोलनकारीले माइक्रोबस जलाए


सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन्। 
 
पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। 
 
आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ। मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ। रासस 

0 comments:

Post a Comment