Monday, August 31, 2015

कोहलपुरबाट अजिङ्गरको बच्चाको उद्वार


भदौ, १३ कोहलपुर । नेपालमा दुर्लभ प्रजातीको रुपमा संरक्षण गरिदै आएको अजिङ्गरको बच्चालाई बांकेको कोहलपुरबाट उद्धार गरिएको छ ।
कोहलपुर नगरपालिका १० निवासी जगदि चौधरीको घरमा शनिबार राती फेला परेको अजिङ्गरको बच्चालाई सुरक्षित साथ उद्धार गरिएको हो । शनिबार राती करिब ९ः३० बजे चौधरीको घरको छानामा अजिङ्गरको बच्चालाई देख्ने बित्तिकै गाउंलेहरुले मार्ने प्रयास गरेको भएपनि संरक्षित प्रजाती भएकाले आफुले मार्न नदिएको चौधरीले बताए ।
उनले उक्त अजिङ्गरलाई रातभर आप्mनै घरमा राखेर आईतबार बिहानै बांके राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् ।
कोहलपुरमा संचालित वागेश्वरी एकेडेमीमा सवारी चालकको रुपमा काम गर्दै आएका चौधरीले विद्यालयका अन्य कर्मचारीहरुको सहयोगमा अजिङ्गरलाई सुरक्षित साथ निकुञ्जको जिम्मा लगाएको विद्यालयमै कार्यरत दिनेश क्षेत्रीले जानकारी दिएका छन् ।


0 comments:

Post a Comment