Sunday, August 30, 2015

कैलाली घटनामा संलग्ना पुष्टि गर्न वर्षामान पुन र जनार्दन शर्माको चुनाैती


काठमाडौं-कैलालीको टीकापुर घटनामा आफूहरूको सङ्लग्नता पुष्टि गर्न एकीकृत नेकपा (माओवादी)का दुई नेताले नेकपा (एमाले)लाई चुनाैती दिएका छन्।

नेकपा(एमाले)को प्रचार विभागले आयोजना गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले कैलाली घटनामा एमाओवादीका सचिव वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्माको हात रहेको भनी अभिव्यक्ति दिएका थिए।

एमाओवादी सचिव पुनले गलत मनसायले उक्त धारणा आएको भन्दै सो विषयमा एमालेको आधिकारिक धारणा के हो प्रष्ट पार्न एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको बताए।

पुन र शर्माले संयुक्तरुपमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चिताउनसमेत नसक्ने विषयमा हचुवाको भरमा अभिव्यक्ति दिनु गलत राजनीतिक संस्कारको पराकाष्ठा भएको उल्लेख गरे।

एमाले अध्यक्ष ओलीले भट्टराईको भनाइबारे बुझेर जानकारी दिने अवगत गराएको एमाओवादी नेता शर्माले उल्लेख गरे। रासस


0 comments:

Post a Comment