Monday, August 31, 2015

गोली लागेर एक जना घाइते


सिरहा, भदौ १४ – नचिनेका मानिसको समुहले हानेको गोली लागेर सिरहामा एक जना घाइते भएका छन् । मिर्चैया–१० का ३२ वर्षका रामबाबु यादवमाथि नचिनेका मानिसको समुहले गोली हानेको प्रहरीले जनाएको छ ।
स ३ प ७२२० नम्बरको मोटरसाइकलमा भारत बिहारको जयनगरबाट आलु र मल लिएर आएका यादवमाथि सिरहा–३ मा नचिनेका मानिसको समुहले गोली हानेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
गोली लागेर घाइते भएका यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । गोली हान्ने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment