Monday, August 31, 2015

भारत र चीनसँग ज्ञानेन्द्रको खेल, कमल थापा र ज्ञानेन्द्र सँगै दिल्लीमा


१४ भदौ, काठमाडौँ ।
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।

गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।



राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।

दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।

कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।

0 comments:

Post a Comment