Monday, August 31, 2015

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा


काठमाडौं, भदौ १५ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।
भारतको पुनेमा हिजो वेलुकी भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा दुवैतर्फबाट गोल गर्ने प्रयास खेर गएका थिए ।
भारत सुरुवातदेखि नै आक्रामक देखिए पनि गोल भने गर्न सकेन । यो बराबरीले सिनियर टिमको निरन्तरको हारको श्रृंखला भने रोकिएको छ ।
नेपालले भारतलाई उसकै भूमिमा अहिलेसम्म हराउन नसकेको अवस्थामा बराबरीलाई पनि उपलब्धीकै रुपमा लिन सकिन्छ ।


0 comments:

Post a Comment