Sunday, August 30, 2015

टीकापुरमा दुई दर्जन पहाडे मार्ने प्लान कसरी फेल भयो ?


काठमाडौँ १४ भदौ ।  कैलालीको टीकापुरमा भएको विभत्स हत्याकाण्डको छानविनका लागि सरकारले विवादमा नपरेका राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको छ यसबीचमा शर्मा समितिलाई नै स्तब्ध पार्ने खालका केही गम्भीर सूचनाहरु पनि चुहिन थालेका छन् । टीकापुरमा जति मानवीय क्षति भयो, त्यो भन्दा धेरै मान्छे मार्ने योजना बनेको रहस्यसमेत खुलेको छ ।
रेशम चौधरीको फूलबारी रिसोर्टमा बैद्य माओवादीका जिल्ला इन्चार्ज तथा पूर्वलडाकु कमाण्डर नेपबहादुर चौधरीसहित विप्लव माओवादी र एमाओवादीका केही नेतासमेत बसेर बनाइएको योजना बाहिर चुहिएको छ ।
स्रोतका अनुसार त्यस दिन पुलिस मार्ने भन्दा पनि करिब २ दर्जन पहाडे समुदायका मान्छेलाई मार्ने र पूरै साम्प्रदायिक दंगा मच्चाउने योजना बनाइएको रहेछ । सोहीअनुसार अघिल्लो दिन रेशम चौधरीसहितले स्थानीय प्रशासनमा बसेर प्रदर्शन शान्तिपूर्ण हुने भन्दै कुनै पनि झडप नगर्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुले अखण्ड सुदूरपश्चिम पक्षधर पहाडेलाई मारेपछि उनीहरु पनि प्रतिकारमा आउने र जातीय लडाई हुने अपेक्षा गरेका थिए । सोहीअनुसार बडघरामार्फत उर्दी जारी गरेर एक घर एक सदस्या अनिवार्यरुपमा घरेलु हतियारसहित आउन भनियो ।

जुलुसमा नआउनेलाई ‘खारा’ लगाउने चेतावनी दिइयो । थारु भाषामा खारा लगाउने भन्नुको अर्थ जरिवाना तिराउने भन्ने हो । जुलुसमा नआएका एक घरले एक हजार जरिवाना तिर्नुपर्ने र सामाजिक बहिस्कार गर्ने भनेपछि हरेक घरबाट एकजना बाध्यताबस सहभागी भए । उनीहरुलाई भाला, बन्चरो खुकुरी लाठी लगायतका हतियार बोक्न अनिवार्य गरिएको थियो ।
त्यसअघि नै बर्दियाबाट पनि ठूलो संख्यामा पूर्वमाओवादी लडाकुसहित थारुहरुलाई लगिएको थियो । फूलबार रिसोर्टको योजना कार्यान्वयन अघि नै प्रहरीहरुको हत्या भएपछि यसका योजनाकारकारहरु अहिले भाग्नु परेको स्रोतले बताएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment