Monday, August 31, 2015

भारतमा एकमहिना मै तीन पटक घट्यो इन्धनको मूल्य, नेपाली भने ट्वाल्ल


काठमाडौं, भदौ १५ । छिमेकी मुलुक भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याइने गरेको नेपालमा भने सो अवधिमा एक पटकमात्र मूल्य समायोजन गरिएको भए पनि न्यूनमात्रामा मूल्य घटाइएको थियो ।
भारतमा सोमबार मध्यरातदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ (भारु) कटौती गरिएको छ । त्यस्तै डिजेलमा पचास पैसा प्रतिलिटर मूल्य घटेको छ ।
भारतीय आयल कर्पोरेशनका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कटौती भइरहेका कारण इन्धनको मूल्य घटाइएको हो ।

नेपालमा भने गत साउन १६ गते इन्धनको मूल्य घटाइएको थियो । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ पचास पैसा मूल्य घटेको थियो ।
तर सोही अवधिमा पनि भारतमा इन्धनको मूल्य घटेको थियो । १५ अगस्टमा भारतीय आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर १.२७ र डिजलमा १.१७ रुपैयाँ (भारतीय रुपैयाँ) मूल्य घटाएको थियो ।
त्यसअघि १ अगस्टमा भारतमा पेट्रोलको मूल्य दुई रुपैयाँ ४३ पैसा र डिजेलको मूल्य तीन रुपैयाँ ६० पैसा प्रतिलिटरले घटेको थियो ।
विगत एक महिनामा भारतमा पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ७० पैसा र डिजेलमा पाँच रुपैयाँ २७ पैसा प्रतिलिटर घटिसकेको छ । त्यसअघि पनि भारतमा पटक–पटक मूल्य घटेपछि नेपाल आयल निगमले साउन दोस्रो सातामा आएर मूल्य समायोजन गरेको थियो ।

0 comments:

Post a Comment