Monday, August 31, 2015

सरकारी कर्मचारीहरु कार्यालयमै मदिरा खाएर एक आपसमा कुटाकुट


सरकारी कार्यलयहरुबाट जनताले पाउँनुपर्ने सेवा सुविधा समयमा र सहज रुपमा नपाइरहेको सेवाग्राहीहरुको आरोप छ । अझ लमजुङका सरकारी कार्यलयका कर्मचारीहरुले त निजामति सेवामै धब्बा लगाइदिएका छन् ।
जनताले बुझाएको करबाट तलवभत्ता खाने सरकारी कर्मचारीहरु कार्यालयमै मदिरा खाएर एक आपसमा झै–झगडा गर्छन् भन्दा अपत्यारिलो लाग्न सक्छ । तर लमजुङ सदरमुकाम बेसीशहरमा कार्यरत कर्मचारीहरु कार्यालयमै भोज भतेर गरेर मदिराले उन्माद भई एक आपसमा कुटाकुट गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय लमजुङका पशु स्वास्थ्य प्राविधिक सुमनहरी राई र सोही कार्यालयमा कार्यरत अर्का कर्मचारी पूर्णचन्द्र अधिकारीले मदिरा खाएर कार्यालय परिसरमै कुटाकुट गरेका हुन् । केही साता अघि राई र अधिकारीले भैरहवाबाट घाँसको बिरुवा लिएर आउँदा सामान्य विवाद भएको थियो । त्यही विवादका कारण अधिकारीले आफूमाथि आक्रमण गरेको पशु स्वास्थ्य प्राविधिक राईको भनाई छ । झगडाका कारण राई र अधिकारी दुबैलाई चोट लागेको छ ।

यसैबीच लमजुङबाट सरुवा भएका राईले सोमबार विहान घर जान कार्यालयकै कोठामा सामान मिलाउँदै गर्दा अपरिचित २ जना ब्यक्तिहरुले आफुलाई पछाडिबाट आएर कुटपिट गरेको कर्मचारी राईको भनाई छ । उनको अनुहार, र टाउकोमा निल डाम देखिएको छ । कार्यालयका कार्यलय प्रमुख डा. दिर्घनाथ ढुंगानाले कार्यालयमा कार्यरत कर्मचारीबिच भएको झैझगडा निकै दुख लाग्दो भएको बताउँनुभएको छ ।

-न्युज २४ बाट

0 comments:

Post a Comment