Monday, August 31, 2015

१३ महिनाकी बालिका बलात्कार गर्ने ३८ वर्षीय पुरुष पक्राउ


भोजपुर, भदौ १५ । भोजपुरको खैराङमा १३ महिने बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय ३८ वर्षीय चन्द्रबहादुर बिकलाई प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
बालिकाकी आमा बारीमा गएको मौका छोपी बिकले नाबालिकालाई सोमबार दिउँसो जवरजस्ती करणी गरेको बताइएको छ । नाबालिकालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको छ ।

0 comments:

Post a Comment