Monday, August 31, 2015

आन्दोलनकारीले जलाए प्रहरी चौकी, अवस्था तनावग्रस्त


वीरगञ्ज, भदौ १४ । मधेसी मोर्चाको आन्दोलनले वीरगञ्जमा उग्र रुप लिन थालेको छ । मोर्चाका कार्यकर्ताहरुले सोमबार अपरान्ह वीरगञ्जस्थित रानीघाट प्रहरी चौकी जलाइदिए पछि अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।

कर्फ्यू उलंघन गर्दै सडकमा निस्केका प्रदर्शनकारीहरुले रानीघाट प्रहरी चौकीका सबै सामान सडकमा निकालेर जलाइदिएका छन् । अहिले त्यस वरपरको क्षेत्र तनावग्रस्त बनेको छ ।



0 comments:

Post a Comment